images

कर्णाली याक्सको लगातार तेस्रो जित, पोेखरा सात विकेटले पराजित

काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार तेस्रो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।

५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । कर्णाद्यीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान ६ अंक भएपनि कर्णाली नेटरनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ । पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।कर्णालीका लागि ग्लसन झाले अविजित रहँदै ४९ रन बनाए । उनले ३७ बल खेलुदै ३ चौका र ४ छक्का प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्का मदतमा ४२ रन योगदान गरे ।

१४ रनमै २ विकेट गुमाएको कर्णालीका लागि वाल्टन र गुल्सनले ६० रनको साझेदारी गरेका थिए ।विलियम बोसिस्टो २ रनमा अविजित रहे । ओपनिङमा आएका बाबर हायत ७ रनमा बउट हुँदा खेव खनालले खाता खोल्न सकेनन् । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको थियो । विलियम बोसिस्टोले उत्कृष्ट बलिङ गर्दै एक्लद्ये ६ विकेट लिएपछि पोखरा अलआउट भएको थियो । बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एकरएक विकेट लिए पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०\१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।