काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा तय भएको सभामुखको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद् बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।
कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश बर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन् ।