
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औंस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
बुधबारको तुलनामा बिहीबार सुनमा प्रतितोला आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुन बिहीबार एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ ।