images

राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकको व्यक्तिगत विवरणको दुरुपयोग हुँदैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय परिचयपत्र बनउँदा सरकारले नागरिकको व्यक्तिगत विवरण दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् । गृहमन्त्री लेखकले सर्भर र नेटवर्कसहित सबै प्रणालीको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भिर रहेको दाबी गरेका छन् ।

सामाजिक सुरक्षालगायतका सबै सेवाहरुको समुचित वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य रहेको निष्कर्षसहित सरकार अघि बढिरहेको उनको भनाइ थियो।

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कि नगर्ने भन्ने प्रश्न पेचिलो बन्दै गइरहेको उल्लेख गर्दै उनले यसमा आवश्यक बहस गर्न आवश्यक रहेको बताए।

बैठकमा सांसदहरुले राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण लिक हुने र दुरुपयोग हुनसक्ने भन्दै चिन्ता र चासो व्यक्त गरेका थिए ।