
काठमाडौं । आईसीसी यू–१९ टी–२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग खेलिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको छ । नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो ।
नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १/१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।
गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।
नेपाल रहेको समूह डी को पहिलो खेलमा शनिबारै अस्ट्रेलियाले स्कटल्याण्डलाई १० विकेटले पराजित