
काठमाडौं । तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
मच्छिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो ।
९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहनेछ ।
यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।