
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच क्यानले आगामी वर्षको लागि क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू समावेश गरी उक्त प्रतियोगिताको मिति पनि तोकिएको छ ।
क्यालेण्डरमा उल्लेख भए अनुसार नेपालको पुरुष टोलीले आइसिसी विश्वकप लिग २, टी ट्वान्टी आई सिरिज र ओडिआई सिरिजहरू खेल्नेछन् । क्यालेन्डरमा महिला तथा विभिन्न उमेर समूहका खेलहरू समावेश गरिएको छ ।
नेपाली सिनियर पुरुष टोलीले आगामी सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग युएईमा टी ट्वान्टी आई सिरिज खेल्नेछ । तर, कुन टोलीसँग हुने भने अझै निक्र्यौल भइसकेको छैन।
क्यानले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ ।