images

च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै 

काठमाडौं च्याम्पियन्स ट्रफीको फाइनलमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।

भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ । उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ ।

यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ ।

प्रतियोगितामा भारतले कुनै पनि खेल खेल्न पाकिस्तान नजाने बताएपछि हाइब्रिड मोडलमा यूएई र पाकिस्तानमा खेल भएका हुन् । आयोजक पाकिस्तान भए पनि भारत फाइनल पुगेपछि यो खेलसमेत युएईमै हुन लागेको हो ।