images
images

एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीले ब्रिफिङ गर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न लागेका हुन्।

यस्तै बैठकमा देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा साङ्गठनिक गतिविधिका विषयमा छलफल हुने बताइएको छ । समसामयिक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुनेछ।  ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको एक नेताले बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई चासोका साथ हेरिएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS