काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार व्यहोरेको छ। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।
१२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो। जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो। जनकपुरका लागि जोसुया ट्रम्प १३, लाहिरू मालिन्था सात, हर्ष ठाकर पाँच, जेम्स निसम, आशिफ शेख समान चार, अर्निको यादव एक, कप्तान अनिल साह, शुभ कन्सकार र शेर मल्ल शून्यमा आउट भए।
सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरी समान दुई, स्कट कुगेलेइन, सैफ जेव, र नरेन साउदले एक विकेटले लिए। जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि सुदुरपश्चिम सस्तैमा समेटिएको थियो।