images
images

अरुण र अजितनारायणलाई चिरायु अस्पतालबाट ग्राण्डी लगियो

काठमाडौं– बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका विनोद चौधरीका भाइ अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।

बिहीबार पक्राउ परेका उनीहरुलाई चिरायु अस्पतालमा राखिएको थियो। अहिले त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको प्रहरी जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो। उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ। अरुण चौधरी सहितका व्यक्तिहरु पक्राउ परेसँगै विहिबार नै व्यवसायीहरुले त्यसको विरोध जनाएका थिए ।
चौधरी पक्राउ प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं चौधरीलाई छुटाउनका लागि सिआइबीलाई दबाब दिइरहेको जनाएको छ ।