images

आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिज किर्तिपुरमा सुरु

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज आजबाट किर्तिपुरमा सुरु भएको छ। पहिलो खेलमा आज नेपालले पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ र फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजको सुखद सुरुआत गर्न चाहन्छ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित नतिजा निकाल्नु पर्ने हुन्छ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।