images

एकैदिन सुन १४ सय र चाँदी ३० रूपैयाँले घट्यो

काठमाडौं । केहिदिन यता दिनरन्तर उकालो लागीरहेको सुनको भाउ साताको छैटौं दिन घटेको छ ।

छापावाल सुन शुक्रबार १४ सय रूपैयाँले घटेर एक लाख ६ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले घटेर कारोबार भएको हो ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ३० रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ ।