images

एञ्जल्स स्कुल बसको ठक्करबाट दुई महिलाको मृत्यु ,६जना घाइते

जनकपुरधाम-जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा एञ्जल्स स्कुल बसको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने अन्य छ  जना गम्भीर घाइते भएका छन्।
आइतबार प्रदेश-२-०२-००१ क ०४३१ नम्बरको एन्जल्स स्कुल बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सडक छेउमा हिँडिरहेका महिलालाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीयबासिन्दाले बताएका छन्। विवाहका लागि माटो खन्न गइरहेका महिलाहरुको समुहलाई बसले किच्दा स्थानीयका दुर्घटना भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले जानकारी दिए । उनका अनुसार ठक्करबाट घाइते भएका पशुपति देवी, अम्बिका झा र ममतादेवी यादवलगायत पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ ।
यता चालकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयबासीले ढुङ्गामुढा प्रहार गरेर स्कुल बसको सीसा फुटाइदिएका छन् भने बसलाई घेराउ गरेर विरोध प्रर्दशनमा उत्रेका छन् । स्थिति नियन्त्रणको लागि प्रहरी परिचालन गरिएको छ।