images

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासलमा हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र संकटाबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन र १३ स्थानमा रहेको छ ।

संकटा पनि पहिलो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र जावलाखेलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । एपीएफ आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । एपीएफ २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ।

जावलाखेल लगातार तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा अपराजित जावलाखेल ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

रंगशालामा हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ । फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

सातदोबाटो लगातार तेस्रो जित निकाल्ने योजनामा छ । सातदोबाटो २ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।