काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार नवौं चरणका दुई खेलहरु हुँदैछ । आइतबार एक खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
च्यासल मैदानमा संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
मनाङ आज चौंथो जितको खोजीमा हुनेछ । संकटा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
एपीएफ पनि चौंथो जित निकाल्न चाहन्छ । एपीएफ ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
सातदोबाटो आज छैटौं जितको योजनामा हुनेछ । सातदोबाटो ८ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सातदोबाटो आज पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा छ ।
पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पुलिस ४ अंक जोडेर पुछारमा रहेको छ ।