images

‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मी र संकटाको खेल बराबरीमा

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् र, खेल बराबरीमा सकिएको हो ।

बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १/१ अंक बाडेका छन् ।

त्यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५ : ३० बजे सुरु हुनेछ ।