images

कांग्रेसमा नैतिकताको कुनै अर्थ छैन: ओली

काठमाडौं–सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमा नैतिकताको अर्थ नभएको बताएका छन् । मङ्गलवार प्रेस चौतारी धनगढीले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले कांग्रेस सरकारमा हुँदा एक र सत्ता बाहिर हुँदा अर्को कुरा बोल्ने गरेको टिप्पणी गरे । उनले भने, ‘एउटा बोलाइको लागि गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो तर, कांग्रेसका मन्त्रीहरू झन्डा छोपेर अख्तियारमा बयान दिएको पनि सुनिएकै हो । कांग्रेसमा नैतिकताको कुनै अर्थ छैन । सत्ता पक्षमा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छ ।’
गृहमन्त्री लामिछानेको बचाउ गर्दै ओलीले कांग्रेसले आफ्नो पछि नलागेको भन्दै बखेडा झिकेको आरोप लगाए । उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ?  पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’