images

केपी ओलीले नेकपा एस र गठबन्धनलाई सिद्धाउन षड्यन्त्र गरिरहेका छन्ः अध्यक्ष नेपाल

काठमाडौं–नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

उनले आफ्नो पार्टी र गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने उल्लेख गरे । पार्टी निकट नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसका बिरुद्ध पनि जुध्नुपर्ने बेला आएको दाबी गरेका छन् ।