images

क्यानको खेलाडी वर्गीकरण : को कुन श्रेणीमा परे ?

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण गरेको छ । आज पोखरामा बसेको बोर्ड बैठकले २०२३ को केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक गरेको छ ।

बैठकले पुरुषतर्फ ए श्रेणीमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख परेका छन् ।

यस्तै आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल बी श्रेणीमा परेका छन् ।

कमल ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव सी श्रेणीमा रहेका छन् ।

महिलातर्फ रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ए श्रेणीमा परेका छन् ।

यस्तै काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य बी श्रेणीमा परेका छन् ।

कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम सी श्रेणीमा परेका छन् ।