images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गर्‍यो खसीबोका बेच्न, बजारकोभन्दा १० रुपैयाँ सस्तो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (सोमबार) देखि दसैंका लागि खसीबोका बिक्री सुरु गरेको छ ।

यसका साथै चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली पनि परिचालन गरिएको छ ।

कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक र मूलपानीमा पशु चिकिक्सकको टोलीलाई परीक्षणका लागि पठाइएको छ ।

खाद्यले बेच्ने खसी बोका र च्याङ्ग्राको मूल्य बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तो गरिएको छ ।