
काठमाडौं–नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार कुनै पनि बेला टुट्न सक्ने बताएका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले उक्त कुरा बताएका हुन् ।
उनले गठबन्धन भित्रैकै आन्तरिक समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला पनि टुट्न र फुट्न सक्ने दाबी गरे । उनले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन टुट्नुपर्छ । त्यसपछि हेरौँ न ।’