images

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौं–गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिए । विरोधको सूचना फिर्ता लिनका लागि समय दिएपनि सांसद सुवालले विरोधको सूचना फिर्ता लिएनन् ।

लगत्तै सभामुख घिमिरेले सभामा उक्त सूचना स्वीकृतरअस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपुरक संख्याको विषय उठाएका थिए ।

गणना गर्दा २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ ६९ आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेका थिए । गणपुरक संख्या नपुगेपछि सभामुख घिमिरेले बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।