images
images

गण्डकी मन्त्रीपरिषद् विस्तार हुँदै, मनाङे र देवकोटा मन्त्री बन्दै

काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

मुख्यमन्त्री पाण्डेले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटालाई मन्त्री बनाउँदै छन्। त्यसै गरी स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ पनि आज मन्त्री बन्दै छन्। यो सँगै मनाङे छैंटो पटक मन्त्री बन्न भएका हुन् ।

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीमा अहिले बिहान ११ बजे शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।