images
images

गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न सक्दैँनः मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कांंग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताएकी छिन् ।

बुधवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा शर्माले ठाडो निवेदन दिएकै भरमा गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताइन् । काँग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढङ्गले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको उनको टिप्पणी छ ।

मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताइन् ।