images

चालू आर्थिक वर्षको वैशाख १८ गतेसम्ममा ७ खर्ब ८१ अर्ब राजस्व सङ्कलन

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १८ गतेसम्ममा राजश्व सङ्कलन चालू खर्च धान्ने अवस्थामा पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाख १८ गतेसम्म राजस्व सङ्कलन ७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको पुगेको हो । यो अवधिमा चालू खर्च भने ६ खर्ब ९९ अर्ब ३० करोड रुपैयाँ छ । गत वर्ष यही समयमा सरकारको आम्दानीले तलब भत्तासमेत खुवाउन नसक्ने अवस्था थियो ।

सरकारको कार्यालय तथा प्रशासनिक खर्च त्यति बेला ७ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ थियो तर राजस्व ७ खर्ब ११ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । हालसम्म सरकारले ९ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ बजेट खर्च भएको छ भने यो अवधिमा ८ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ आम्दानी भएको देखिन्छ । यो कर तथा गैर कर, अनुदान तथा अन्य प्राप्तिको रकम हो ।