images

चुनावमा पराजित भएसँगै रास्वपाका मिलन लिम्बुले साग पसल खोल्ने

काठमाडौं–इलाम–२ को उपनिर्वाचनमा पराजित भएसँगै रास्वपाका नेता मिलन लिम्बु साग पसल खोल्ने भएका छन् । लिम्बुले सामाजिक सञ्जाल फेसबुक मार्फत साग बेचेरै जनताको सेवा गर्ने जनाएका छन् । उनले आफूले निर्वाचनकै क्रममा पत्रकारसँग आफूले निर्वाचनमा पराजय भएपछि साग पसल खोल्ने कुरा गरेको स्मरण गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन, साग पसल खोल्दै छौँ । हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ । यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।’

हेर्नुहोस् लिम्बुको फेसबुक स्टाटस