
काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।
आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार राति रामिडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।
शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।