
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले आज त्यसको बदला लिँदै उपाधि जित्ने लक्ष्य लिएको छ ।