images
images
images

डिआइजी चन्दले लिए राजीनामा फिर्ता

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआइजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् ।

चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र फिर्ता लिएका हुन् ।

व्यक्तिगत कारणले भन्दै चन्दले गत शुक्रबार राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो।

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए। प्छिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमनका अधिकृत र प्रहरीबीच भएको विवादपछि डिआइजी चन्दले राजीनामा दिएका थिए। अध्यागमन विभागले भन्सारको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई सुम्पिएसँगै प्रहरी र अध्यागमनबीच वैमनस्यता बढेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS