images

ढल्केवरमा १५ करोड लागतमा महेन्द्र बहमुखी क्याम्पस बन्दै,मेयर महतोद्वारा भवन शिलान्यास

काठमाडौं– धनुषाको मिथिला नगरपालिका ढल्केवरमा महेन्द्र बहमुखी क्याम्पस सञ्चालनका लागि भवन शिलान्यास गरिएको छ ।

क्याम्पस नहुँदा उच्च शिक्षाका लागि विद्यार्थी अन्य शहर जानुपर्ने बाध्यता हटाउन पालिकाले क्याम्पस सञ्चालनमा ल्याउने उद्देश्यले भवन शिलान्यास गरेको हो । भवन शिलान्यास गर्दै नगरप्रमुख महेन्द्र मेहेताले प्रस्तावित योजना अनुसार भवन निर्माणपछि त्यहाँ बिएड, बिबिएस, सिटिइभिटीअन्तर्गत तीन वर्षे सिभिल ओभरसियर र सर्भेयर संकाय अध्यापन गराइने बताए । ‘भवन निर्माणका लागि चालू आर्थिक वर्षमा साढे चार करोड रुपियाँ साधारण सभाबाट छुट्टयाएका थियौँ । जसमध्ये टेन्डरमार्फत एमएस जेभी निर्माण कम्पनीले अढाइ करोड रुपियाँमा ब्लक बिअन्तर्गतको पहिलो तलाको ठेक्का पाएको छ,’ उनले भने ।

क्याम्पस निर्माण तथा सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पुरा भएको बताउँदै नगर प्रमुख महतोले भवन निर्माण भए लगतै क्याम्पस सञ्चालन गरिने बताए ।

भवन निर्माणका लागि १५ करोड रुपैँया बजेट अनुमान गरिएकोमा पालिकाले यसबर्ष साढे चार करोड रुपैँया विनियोजन गरेको थियो ।