पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याएको लाखौँ मूल्य बराबरको भारतीय कपडा बरामद गरेको छ ।
पर्साका प्रहरी उपरीक्षक कुमोद ढुगंलेका अनुसार विशेष सूचनाको आधारमा वरिष्ठ सई रमेश बजगाईँको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका मेन रोड स्थित रहेको पम्प बिल्डिगंमा छापा मारी गर्दा कुर्ता सुरुवाल, कपडाको थान, लत्ताकपडा बरामद भएको गरिएको हो । पम्प बिल्डिगंको तेस्रो तल्लामा कपडाले भरेको गोदाममा छापा मारी उक्त कपडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तस्करहरूले महिला भरिया प्रयोग गरेर तस्करी गराई रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । वीरगन्जको छपकैया , भकुवा , मेन रोड , अर्लौ नाकाबाट तस्करहरूले महिला प्रयोग गरेर तस्करी धन्दा सञ्चालन गराएको भन्दै प्रहरीले विशेष निगरानी समेत बढाएको छ ।


                                                                                स्पेस समाचार                                    
                                                        






