images

धनगढी उपमहानगरपालिकाका मेयर हमालकी छोरी बेपत्ता

काठमाडौं–कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती बेपत्ता भएकी छिन् । केही महिनादेखि  भारतको गोवामा बस्दै आएकी उनी हिजो सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जानकारी दिएका छन् ।
उनी जोरबा वाईब आश्विन ब्रिजबाट सम्पर्कवहिन भएको हमालले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर हमालले भनेका छन्,मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन् । हिजो देखि जोरबा वाईब आश्विन ब्रिजबाट सम्पर्क विहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने  शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले  खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
उनले  कान्छी छोरी आर्जु र ज्वाइँ  जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुग्न लागेको उल्लेख गर्दै  आवश्यक  सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन अनुरोध समेत गरेका छन् ।