images
images
images

नयाँ गठबन्धनमा चार उपप्रधानमन्त्री, गृहको जिम्मा रवि र अर्थमा पून

काठमाडौं– कांग्रेसलाई सत्ताबाट गलत्याउँदै बनेको नयाँ सत्ता गठबन्धनमा चार जना उपप्रधानमन्त्री बन्ने भएका छन् । माओवादी नेतृत्वको सरकारमा एमाले,माओवादी,रास्वपा र जनता समाजवादीबाट एक एक जना उपप्रधानमन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने स्रोतले जनाएको छ । पुन यसअघि पनि अर्थमन्त्री भएका थिए।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। उनी यसअघि दुईपटक परराष्ट्रमन्त्री भएका थिए।

रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्।

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने बलियो सम्भावना छ। तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन। गत वर्ष पुस १० गते दाहालकै नेतृत्वमा सरकार बन्दा पौडेल अर्थ र लामिछाने गृहमन्त्री भएका थिए।

शक्ति बाँडफाडबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक बसिरहेको छ।

नयाँ गठबनधनमा प्रतिनिधिसभामा एमालेको ७८, माओवादी ३२, रास्वपा २१, जसपाका १२ जना सांसद छन्। जनमत पार्टीलाई पनि सरकारमा ल्याउने तयारी छ।

एमाले रास्वपा सरकारमा जाँदा कांग्रेस एकीकृत समाजवादी भने सत्ताबाट बाहिरन बाध्य बनेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS