images
images

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्‍घाटन सुरु

पाेखरा । गण्डकी प्रदेशको पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्‍घाटन गरिएको छ।

शुक्रबार पोखरा रङ्गशालामा आयाेजित विशेष समाराेहमा हजारौँको उपस्थितिबीच उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरे।

औपचारिक उद्घाटन आज भएपनि प्रतियोगताका कैयौँ खेलहरु असोज २३ गतेदेखि नै गण्डकी प्रदेशका विभिन्न जिल्लामा सुरु भइसकेका छन्।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडी सहभागी हुँदैछन्।

त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजार हाराहारीमा प्रतियोगितामा सहभागिता रहेको बताइएको छ।

नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो।

हालसम्म सम्पन्न खेलको पदक तालिकामा विभागीय टाेली नेपाली सेनाले अग्रता बनाएको छ।