images
images

नुहाउने क्रममा कर्णाली नदिमा दुई बालिका बेपत्ता

बाजुरा– बाजुराको कर्णाली नदीमा नुहाउने क्रममा नदिमा बगेर दुई बालिका बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा नन्द बहादुर शाहकी १५ वर्षीया छोरी सोबिना शाह र भूपेन्द्र शाहकी १४ वर्षीया छोरी सञ्जु शाही रहेको बताइएको छ ।

दुवै बालिका जगन्नाथ गाउँपालिका वडा नं.२ बस्नेका नुने पानी नजिकै कर्णाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन् । उनी सँगै नुहाउन गएका अरू ३ जना बालिकाको दिलीप शाहीले सकुशल उद्धार गरेको बताइएको छ।

बालिका बगेको समय देखि नदिको दुवै किनारामा खोज्दा नभेटिएको र बेपत्ता बालिकाको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ ।