images

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन धकेलियो

काठमाडौं– नेकपा एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनको मिति सारेको छ ।

एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्मका लागि तय महाधिवेशन असार १६ देखि २० गते गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार एकीकृत समाजवादीको जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारिएको हो ।

त्यस्तै बैठकले नयाँ समीकरणका मुख्य घटक प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरूको विश्वासमा कुठाराघात गरेको निष्कर्ष पनि निकालेको छ । खतिवडाले नयाँ गठबन्धनमा आफूहरूलाई जस्तो व्यवहार हुन्छ त्यस्तै कदम चाल्ने बताए ।