images
images

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बुधबार बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक भोलि (बुधबार)बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा विहान ११ बजे बस्ने नेकपा एमालेले जनाएको छ।

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको नेकपा एमाले प्रचार कमिटीले जनाएको छ।

एमाले यहि मंसिर १४ गतेदेखि एमालेले सामाजिक सदभाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्गकेन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ।