images
images

नेतृत्व चयन गर्न एमाले कैलालीको मतदान जारी

काठमाडौं–नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका मतदान सुरु भएको छ। कैलालीको सुखडमा जारी अधिवेशनमा लामो रस्साकस्सीपछि शुक्रबार बिहान मतदान सुरु भएको हो।

अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन्। आज पहिलो मत अध्यक्षमा उम्मेदवार पाण्डेले दिएका थिए। त्यसपछि जोशी र ढुङ्गानाले मत दिए।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ। गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्। चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन्। उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन्।