images
images
images

नेपालका तीन जनाले प्राप्त गरे ई-स्पोर्टसको रेफ्रीको लाइसेन्स

काठमाडौं । नेपालका तीन जना ई–स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन आईईएसएफले वल्र्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा आयोजित वल्र्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स प्राप्त गरेका हुन् ।

आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षामा नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले सफलता हाता पारेका हुन् ।

आईईएसएफको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरू पहिला नेपाली हुन् । अब उनीहरूले आईईएसएफ रेफ्री टायर २ को हैसियतमा ई–स्पोर्ट्सका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS