images
images
images

नेपालको पहिलो महिला परराष्ट्र सचिव सेवा लम्सालले गरिन् पदवहाल

काठमाडौं। सेवा लम्साल नेपालको पहिलो परराष्ट्र सचिव बन्न सफल भएकी छिन्। लम्सालले शुक्रबार परराष्ट्र मन्त्रालयको सचिवको पदभार ग्रहण गरेकी हुन् । प्रशासन सेवाबाट कर्मचारीतन्त्रको यात्रा थालेको २५ वर्षमा परराष्ट्र सचिवको जिम्मेवारी पाएकी हुन।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको थियो। गत शुक्रबार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको थियो।

सन् १९९८ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी सेवा लम्साल जागिरे जीवनको २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको कुर्सीमा पुगेकी हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS