images
images

नेपालद्वारा मंगोलिया २७३ रनले पराजित

काठमाडौं । एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ ।

नेपालले मंगोलियालाई पराजित गरेसँगै सबैभन्दा ठूलो अन्तरले जित्ने टिमको विश्व कीर्तिमानसमेत बनाएको छ ।

बुधबार बिहान भएको मंगोलियाविरुद्ध खेलमा नेपालले चीनको हाङभाओस्थित क्रिकेट मैदानमा कीर्तिमानै कीर्तिमान बनाएको हो ।

नेपाले यो मैदानमा सबैभन्दा छिटो शतक र अर्धशतक, सबैभन्दा उच्च स्कोर तथा सबैभन्दा बढी रनले जित्ने देशको विश्व कीर्तिमान कायम गरेको हो ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका लागि सबैभन्दा पहिलो विश्व कीर्तिमान कुशल मल्लले बनाएका थिए भने उनले ३४ बलमा शतक बनाएर सबैभन्दा छिटो शतक बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाएका हुन् ।

दोस्रो कीर्तिमानको रुपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । उनले ९ बलमा अर्धशतक बनाउँदै रेकर्ड कायम गरेका हुन् । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो।