images

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले यो योगफल तय गरेको थियो । यसअघि नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो ।