images

नेपाल र कतारबीच ६ वटा समझदारी पक्षमा हस्ताक्षर

काठमाडौं– नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुवै पक्षबिच समझदारी भएको हो। दुई दिने भ्रमणको दोस्रो दिन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका तर्फबाट अमिर थानी नेतृत्वको प्रतिनिधिमण्डलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यसअघि प्रधानमन्त्री दाहाल र कतारका अमिर थानीबीच भेटवार्ता भएको थियो। वार्ताका क्रममै दुवै देशबीच लगानी र सहकार्यका विषयमा समझदारी भएको हो।

दुई देशबीच महान्यायाधिवक्ता कार्यालय सम्बन्धी, कूटनीतिक तालीम र अध्ययनका विषयमा समझदारी भएको छ। त्यस्तै, कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबिच पनि दुई वटा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।