images

न्यूनतम साझा कार्यक्रम बनाउन सत्ता गठबन्धनले बनायो कार्यदल

काठमाडौं–नव गठित गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम बनाउनका लागि कार्यदल गठन गरेको छ । गठबन्धनमा सहभागी मध्ये प्रत्येक दलबाट दुई जना रहने गरि कार्यदल गठन गरेको हो ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।

कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको छ । गठबन्धनमा सहभागी पाँचवटै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता विष्णु रिमाललाई दिइएको रास्वपा महामन्त्री ढकालले जानकारी दिए ।