काठमाण्डौ । एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास शृङ्खला खेलेको थियो ।
यो शृङ्खला ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ । टेस्ट राष्ट्र शृङ्खलाको १९ वर्षमुनिको टोली १० खेलमा ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन । अहिलेसम्म ८ पटक एशिया कप खेलिसकेको नेपाल भने १ पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बङ्गलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।