images

भीम उपाध्याय सहित तीन पूर्व सचिव विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १३ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 उनीहरुमाथि ८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग छ। आयोगले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाएको छ।