images
images
images

प्रचण्डको नेतृत्वमा आजै सानो आकारको मन्त्रीमण्डल गठन हुँदै

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आजै सानो आकारको मन्त्रीमण्डल गठन हुँदैछ । प्रचण्डले नयाँ गठबन्धनबाट सोमबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका हुन्।

नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री बन्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले स्पेस समाचारलाई जानकारी दिए। गए राति अबेरसम्म प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

बिहान सबै दलले आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS