images

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको।

त्यस्तै, बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैयाँ कायम भएको छ।