images

प्रधानमन्त्री ओली नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्त विरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति र शपथलाई बदर गर्न माग गर्दै अधिवक्ता दीपक अधिकारी समेतले दायर गरेको रिटमा उक्त आदेश दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेससहितका दलहरूको सहमतिका आधारमा ओलीलाई संविधानको धारा ७६९२०बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने रिटको टुङ्गो संवैधानिक इजलासबाट गर्नुपर्ने आदेश गरेको हो ।

न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यस विरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको उल्लेख छ । प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको छ ।
हेर्नुहोस् आदेश सहित